उनि

कविता

लेखक : सुजन विश्वकर्मा ‘सरगम’

उनि त्यो पहाड हुन्
जहाँ क्रान्तिका
सुन्दर फुलहरू फुलेका हुन्छन्
उनि त्यो झर्ना हुन्
जहाँ संगितका राग र सरगम सँगै
मधुर धुनहरू गुज्जिरहेका हुन्छन्
उनि त्यो महासागर हुन्
जहाँ देश र जनता क्रान्तिको
गहिरो वेगका छाल छक्कीरहेको हुन्छ
उनका पाउहरूले जहाँ जहाँ पाइला टेके
त्यहाँ क्रान्तिको सन्देशसँगै
संगितका बिउहरू छर्दै गए ।
उनको हृदय हिमाल भन्दा पनि निश्चल छ
उनको हृदयमा
देश र जनताप्रतिको माया मात्र होइन
दुःख पिडाका धहना जङगल अटाएका छन्
घात, प्रतिघात, धोका गद्दारी
सबै सबै अटाएका छन् ।
उनि भित्र संगितको खानि छ
उनको संगित
विस्तारवादी हस्तक्षेपको अघि
ज्वालामुखी भएर उभिएको छ
राष्ट्रघाती दलालहरूको अघि
संगिन गएर उभिएको छ
त्यसैले त
विस्तारवादीको मतियारहरू

ज्ञानको ज्योति
आउने छ यो वस्तीमा
जव एउटा क्रान्ति ।
गरीबको भोक बाढने छन्
चुहिने छानो टाल्ने छन्
किसान, मजदुर, दलित महिलाहरूलाई
जीवनमा, शिक्षा र ज्ञानको ज्योती छर्दै
अन्धकारबाट मुक्त गर्ने छन्
परधीन जीवनबाट माथि उठाउने छन्
शिक्षा नपाएका वस्तीहरूले
नाङ्गा र भोका मान्छेहरूले
एउटा सुन्दर जीवन पाउने छन्
वसन्तको हरियाली जस्तै ।

२०७७/१२/३१ खाँदवारी कारागार संखुवासभा -चैनपुर न.पा. ४ मैदाने संखुवासभा

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :