सिराहामा कुमार पौडेलको स्मृति सभा सम्पन्न

सिराहामा कुमार पौडेलको स्मृति सभा सम्पन्न

काठमाडौँ : प्रहरीद्वारा हत्या गरिएका नेपाल कम्युनिस्ट पार्टीका तत्कालीन सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको स्मृतिमा श्रद्धान्जली सभा सम्पन्न गरिएको छ । नेपाल कम्युनिस्ट पार्टी सिराहाले जिल्लाको गोलबजारमा श्रद्धान्जली सभा सम्पन्न गरेको हो । सभालाई भिडियो कल मार्फत सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा तत्कालीन जनकपुर ब्युरो इन्चार्ज सन्देश पौडेलले शहिदले देखाएको बाटोमा सबै जना अगाडि बढ्नुपर्ने भन्दै कुनै पनि हालतमा शहिदको रगत खेर जान नदिने प्रतिवद्धता व्यक्त गरे । कार्यक्रमलाई सम्बोधन गर्दै नेकपाका सिराहा सेक्रेटरी शुसिलले शहिद कुमार पौडेलले देखाएको बाटोमा सबै एक ढिक्का भई शहिदले देखाएको बाटोमा दृढतापूर्वक अघि बढ्ने बताए । साथै उनले बरु कुमार जस्तै शहिद हुने तर नझुक्ने बताए । कार्यक्रममा पार्टीका नेताकार्यकर्ता तथा शहिद परिवारहरुको सहभागिता थियो । राजु विकको अध्यक्षतामा शनिबार सम्पन्न कार्यक्रमको संचालन भक्त बहादुर कार्कीले गरेका थिए । सर्लाहीका कुमार पौडेलको २०७६ साल असार ५ गते आजकै दिन प्रहरीले सर्लाहीको लखन्तीमा गोली हानी हत्या गरिएको राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनले समेत पुस्टि गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :