नेकपा दाङद्वारा समाजसेवी केसीप्रति श्रद्धाञ्जली व्यक्त

नेकपा दाङद्वारा समाजसेवी  केसीप्रति श्रद्धाञ्जली व्यक्त

हेमन्त वली, दाङ : नेपाल कम्युनिस्ट पार्टी दाङले तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ डाँडापातु निवासी समाजसेवी दोर्ण वहादुर केसीको निधनप्रती श्रद्धाञ्जली व्यक्त गरेको छ । क्यान्सर रोगबाट पिडित समाजसेवी केसीको ८८ बर्षको उमेरमा निधन भएको थियो । नेकपा दाङ जिल्ला सेक्रेटरी प्रदिप वली, घोराही नगर इन्चार्ज तिलक योगि, अखिल(क्रान्तिकारी) दाङका अध्यक्ष अमर खड्का, नेकपा दाङका जिल्ला सदस्यहरू हेमन्त प्रकाश वली र राजकुमार क्षत्री सहितको टोलि शनिबार केसीकै घरमा पुगेर श्रद्धाञ्जली व्यक्त गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :