धनुषामा कुमार पौडेलको स्मृति सभा सम्पन्न

धनुषामा कुमार पौडेलको स्मृति सभा सम्पन्न

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी धनुषाले प्रहरीद्वारा हत्या गरिएका तत्कालिन सर्लाही इन्चार्ज कुमार पौडेलको तेस्रो स्मृति सभा सम्पन्न गरेको छ । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा धनुषा–महोत्तरी जिल्ला इन्चार्ज देवनारायण शाहको प्रमुख आतिथ्यतामा उक्त स्मृति सभा सम्पन्न भएको हो । शनिबार सम्पन्न कार्यक्रममा प्रमुख अतिथि शाहले दलाल संसदीय व्यवस्थाका आतंककारी रक्तपिपासुहरुले श्रमीक जनताको धरोहर कुमार पौडेलको विभत्स हत्या गरेको भन्दै उक्त जघन्य घट्नाका अपराधी एकदिन कार्वाहीको दायरामा आउने बताए । आफ्नो पार्टीले कुनै युद्धको घोषणा गरेको नभई शान्तिपूर्ण तरिकाले वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्न क्रान्तिको बाटोमा अघि बढिरहेको बेलामा दुश्मनहरुले आफ्नो पार्टीमाथि प्रतिवन्ध लगाएर गिरफ्तार, हत्या र दमन गर्ने सिलसिलामा कुमार पौडेलको पनि हत्या गरेको बताए । दलाल संसदीय व्यवस्थाका कारण देश र जनताको अवस्था निकै दयनिय बन्दै गएको भन्दै प्रमुख अतिथि शाहले संसदीय चुनावले नभई जनताको व्यवस्था कस्तो हुने भनेर फैसला गर्ने जनमत संग्रहमा जानुपर्ने आजको आवश्यकता भएको बताए । विमल मण्डलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन देवमालाले गरेका थिए भने स्वागत भाषण विरेन्द्रलाल कर्णले गरेका थिए । कुमार पौडेललाई २०७८ असार ५ गते मिथिला सर्लाहीको लालबन्दीमा निर्ममतापूर्वक हत्या गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :