मजदुर सङ्गठनद्वारा विपन्न परिवारलाई राहत बितरण

मजदुर सङ्गठनद्वारा विपन्न परिवारलाई राहत बितरण

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ उपत्यका विशेष क्षेत्रीय समन्वय समितिको आयोजनामा अति बिपन्न मजदुरका चौध घरपरिवारलाई खाद्यान्न बितरण गरिएको छ ।

गार्मेन्ट मजदुर, रिक्सा मजदुर, सरसफाई, निर्माण, ढुवानिमा काम गर्ने मजदुरहरुको परिवारलाई चामल, तेल, तरकारी, नुन लगायतका राहत सामाग्री वितरण गरिएको महासंघले जनाएको छ ।

महासंघका केन्द्रीय अध्यक्ष विनोद थापाको उपस्थितिमा क्षेत्रीय समन्वयन समिति र स्वास्थ सरसफाई मजदुर संघको संयुक्त पहलमा राहत वितरण गरिएको थियो । उक्त राहत वितरण कार्यक्रममा होटल तथा रेष्टुरा मजुर संघका अध्यक्ष सरोज प्रसाद न्यौपाने, स्वास्थ सरसफाई माजदुर संघका उपाध्यक्ष जुना दाहाल र महासचिव सिर्जना सिजापति, पत्रकार सन्तोष तिवारी र विवेक दाहालको उपस्थिति थियो । कार्यक्रममा उपत्यका विशेष क्षेत्रीय समन्वय समितिका संयोजक सिसिरले  आफ्नो भनाई राखेका थिए । कार्यक्रमको संचालन स्वास्थ्य सरसफाईका अध्यक्ष रामचन्द्र थापामगरले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :