बाढीको वितण्डा : सिन्धुपाल्चोकमा ४ जना वेपत्ता

बाढीको वितण्डा : सिन्धुपाल्चोकमा ४ जना वेपत्ता

काठमाडौँ : केही दिनयता मनसुन सक्रिय भएसँगै देशका विभिन्न ठाउँमा बाढी र पहिरोका घटनाहरू हुन थालेका छन् । खोला, नाला र नदीहरूमा पानीको सतह बढ्न थालेको छ ।

यसैबीच हरेक वर्ष बाढीको चपेटामा पर्ने सिन्धुपाल्चोकको हेलम्बुमा मङ्गलबार साँझ आएको बाढी र पहिरोमा परी चार जना बेपत्ता भएका छन् । हेलम्बु बजार क्षेत्रका ३ पुरुष र १ महिला गरी चार जना बेपत्ता भएको प्रहरीले बताएको छ । अविरल बर्षापछि इन्द्रावती नदीमा आएको बाढीले वस्तीमा असर पुर्याएको हो । त्यसक्षेत्रका ठाउँठाउँमा पहिरोले बाटो भत्काउँदा सडक अबरुद्ध भएको छ । त्यसक्षेत्रमा खानेपानी र विद्युत सेवा पनि अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

बाढी प्रभावित क्षेत्रमा उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली परिचालित भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही भागमा भारी वर्षा हुने र अन्य स्थानहरूमा पनि वर्षा हुने सम्भावना रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :