गोरे दाई

कविता

गोरे दाई
लेखक : सीता विक ‘सम्झना’

कमरेड गोरे दाई
सुन्दैछु दुःखको खबर
गोरे दाई आज
भौतिक रूपमा हामीबाट बिदा भएरे,
सदाको लागि हामीलाई छोडेर गए रे
हामीले अब आगोको ठूलो
धुँवा पुत्ताउँने मेसमा
ठुलाठूला भाडाहरूमा
ढिँडो र सिस्नो पकाएको
देख्न पाउदैनौँ रे गोरे दाई
जनकम्युनको साझा जीवनमा
भेट्न पाउदैनौँ रे गोरे दाई
उद्योगमा सल झोलाहरूको उपहार हातमा
समाउँदै जनमुक्ति सेनाको
स्वागतमा मुस्कुराउँने अनुहार देख्न
पाउदैनौँ रे गोरे दाई
हो गोरे दाई
आज हामी भावबिभोर छौँ
स्तब्ध छौँ
भौतिक रूपमा
हामी तिमीलाई अवस्य भेट्ने छैनौँ
तर, गोरे दाई
तिम्रो आदर्श
तिम्रो निष्ठा
तिम्रो बिचार
तिम्रो अबिचलित क्रान्तिकारी यात्रा
हामीलाई छोडेका छौँ
त्यो योद्धा
त्यो कमरेड
त्यो आगोको यात्री
हाम्रो मन मुटुमा गडेकाछौँ
हो गोरे दाई
समयले धेरै फन्को मार्यो
केही मान्छे समय सङ्गै हराए
क्रान्तिका उपलब्धीहरू
लिलामी गराए
दुश्मनको पाउमा लगेर जनयुद्ध चढाए
तिमीले जलजलाको काखबाट
रक्तिम भूमि थवाङ्गबाट
बलिदानको पाठ पढाई रहेउँ
क्रान्तिको गीत गाई रहेउँ
सहिद, घाइतेयोद्धा अनि निमुखाहरूको
कथा बेथा सुनाइ रहेउँ
परिवर्तनको सपना सजाइँ रह्यौँ
त्यसैले त तिमी हामी सबैको
प्रिय कमरेड गोरे भयौँ
अन्तिम लालसलाम कमरेड गोरे दाई !

२ असार २०७८

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :