भारतीय रक्षामन्त्री सिंहको अभिव्यक्तिविरुद्ध ज्ञापनपत्र

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट विभिन्न जनवर्गीय सङ्गठनले भारतीय रक्षामन्त्री राजनाथ सिंहको अभिव्यक्तिको विरोध गर्दै भारतीय राजदुत बिनयमोहन क्वात्रालाई ज्ञापनपत्र बुझाएका छन् । भारतीय रक्षामन्त्री राजनाथ सिंहको भनाई आपत्तिजनक भएको भन्दै उनीहरूले आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । नेकपाका विभिन्न १२ वटा जनवर्गीय सङ्गठनहरूले नेपालस्थित भारतीय राजदुतलाई बुझाएको ज्ञापन पत्रमा भनिएको छ– ‘तथाकथित ‘कैलाश मानसरोवर रोड’ भन्नेबारे राजनाथको भनाइको कडा निन्दा गर्छौँ ।’ ज्ञापनपत्रमा तत्काल सडक निर्माण रोक्न चेतावनी दिँदै लिपुलेक नेपालको अभिन्न भाग भएको उल्लेख गरिएको छ ।

ज्ञापनपत्रमा भनिएको छ, ‘भारतका रक्षामन्त्री राजनाथ सिंहले ११ जुन २०२१ मा दिएको वक्तव्यमा हाम्रो गम्भीर ध्यान आकर्षण भएको छ । नेपालको अभिन्न भाग रहेको लिपुलेक क्षेत्रमा निर्माण भइरहेको तथाकथित ‘कैलाश मानसरोवर सडक’ सम्बन्धी राजनाथको भनाइको हामी कडा निन्दा गर्दछौँ । हामी सडक निर्माण तत्काल रोक्न चेतावनी दिन चाहन्छौँ । हामी विश्वस्त छौँ, अन्तर्राष्ट्रिय सीमा सम्बन्धी मुद्दाहरू द्विपक्षीय कुटनीतिक माध्यमहरू मार्फत पञ्चशीलका सिद्धान्तहरू, विश्वशान्तिको सिद्धान्त, संयुक्त राष्ट्र सङ्घको वडापत्र र अन्तर्राष्ट्रिय कानूनको उल्लङ्घन नगरी समाधान गर्नुपर्दछ । भारतले नेपालमा आफ्नो हस्तक्षेप रोक्नु पर्दछ र हाम्रो राष्ट्रिय सार्वभौमिकताको सम्मान गर्नुपर्दछ । हामी माग गर्दछौँ कि भारत सरकारले जानाजानी यस गल्तीलाई जतिसक्दो चाँडो सुधार गर्नुपर्दछ । हामी चुनौती दिन्छौंँ, नेपाली क्षेत्रीय अखण्डता र सार्वभौमिकतामाथि भारतको एकपक्षीय आक्रमणको विरोध तीव्र हुनेछ र सरकारले आफ्नो विस्तारवादी र औपनिवेशिक नीतिहरू समाप्त नगरेसम्म रोक्नेछ । तसर्थ नेपाली क्षेत्रको कब्जा, सीमा क्षेत्रमा अतिक्रमण र नेपाली क्षेत्रको सडक निर्माण असहनीय छ ।’

उक्त ज्ञापनपत्रमा नेपाल कम्युनिस्ट पार्टीनिकट जनवर्गीय सङ्गठन अखिल नेपाल सुकुमबासी सङ्गठनका अध्यक्ष ओमप्रकाश पुन, अखिल नेपाल जनसाँस्कृतिक महासङ्घका अध्यक्ष माइला लामा, अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) की अध्यक्ष बन्धु चन्द, दलित मुक्तिमोर्चा, नेपालका अध्यक्ष डम्बरबहादुर विश्वकर्मा, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) का अध्यक्ष चिरञ्जीवी ढकाल, अखिल नेपाल टे«ड युनियन महासङ्घका केन्द्रीय संयोजक विनोद थापा, युवा सङ्गठन नेपालका संयोजक पाटन जङ्गली, अखिल नेपाल किसान महासङ्घका अध्यक्ष हरि श्रेष्ठ, अखिल नेपाल जनस्वास्थ्य महासङ्घका अध्यक्ष टिकाप्रसाद कँडेल, अखिल नेपाल खेलकुद महासङ्घका अध्यक्ष जयन्द्र चन्द, राष्ट्रिय बुद्धिजीवी सङ्गठनका संयोजक व्यापक नेपाली र जनपत्रकार सङ्गठनका संयोजक शेरबहादुर विश्वकर्माले हस्ताक्षर गरेका छन् । ज्ञापनपत्रको पूर्णपाठ…

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :