उस्तै छ यहाँ

कविता

दिन फेरियो, महिना फेरियो
ऋतु फेरियो
छायो नयाँ सालको लहर
तर,
गरीबको दिन उही छ
सुकुमबासीहरू उस्तै छन्
किसान, मजदुर र दलितहरू
जहाँको त्यही छन् ।
दिन भ्रष्टहरूको फेरियो
ऋतु दलालहरूको फेरियो
महिना फेरियो त केवल
तिनै शोषकहरूको फेरियो
तर, विडम्बना
जनता जहाँको त्यही छन्
जस्ताको त्यस्तै छन् ।
सपना त कहिले फेरिएन
सधै उस्तै सबैले बढिरहे
पूरा गर्न कोही आएनन्
भोक साढ्ने कोही आएनन्
अज्ञानताले अन्धकार छाएको
गाउँ बस्तीहरूमा
ज्ञानको ज्योती छर्न कोही आएन
तर, पनि
आशाको दियो निभेको छैन
पक्कै एक दिन
चम्किने छ

चैनपुर न.पा. ४ मैदाने संखुवासभा

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :