कोपा अमेरिका फुटबलको पहिलो खेलमा अर्जेन्टिना र चिली बराबरी

कोपा अमेरिका फुटबलको पहिलो खेलमा अर्जेन्टिना र चिली बराबरी

काठमाडौँ : ब्राजिलमा जारी कोपा अमेरिका फुटबल समूह चरणको पहिलो खेलमा अर्जेन्टिना र चिलीले बराबरी खेलेका छन् । मङ्गलबार बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले सुरुवाती अग्रता जोगाउन नसक्दा चिलीसँग १–१ गोलको बराबरीमा रोकिनु परेको हो ।

कप्तान लियोनल मेस्सीले खेलको ३३ औँ मिनेटमा फ्रिकिकमा गोल गर्दै अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाएका थिए । तर, एडुवार्डो भेर्गासले खेलको ५८ औँ मिनेटमा गोल फर्काउँदै चिलीलाई १–१ गोलको बराबरीमा रोकिए । अर्टुरो भिडालले प्रहार गरेको पेनाल्टी अर्जेन्टिनाका गोलकिपर इमिलियानो मार्टिनेजले रोकेपछि आएको रिबाउन्ड बलमा उनले गोल गरेका हुन् ।

समूह ‘ए’ मा रहेका दुबै टोलीले एकएक अङ्क बाडेसँगै अर्जेन्टिना समूहको शीर्ष स्थानमा रहेको छ भने चिली दोस्रो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :