तिमीलाई रातो सलाम

कविता

तिमीलाई रातो सलाम
लेखक : सुजन विश्वकर्मा ‘सरगम’

तिमी नै हो तिमी
क्रान्तिको धरोहर
तिमी नै हो तिमी
विजयको रचनाकार
तिमी नै हो तिमी
आस्थाको उचाइँ
नझुक्ने कहिल्यै
न ढल्ने,
सगरमाथा जस्तै
अटल, अचल ।
तिम्रै पछि छ
जनताको विशाल माहासागर
तिम्रै साथमा छ
शुर वीर ति
राता सिपाईको लहर
तिमीसँग मागी रहेछन्
हरपल हर घडी
उत्पीडनले थिचिएका
अत्याचारले पिल्छीएका
सुकुमबासी र गरीब वस्तीहरूले
मुक्तिको सुनौलो रंगीन संसार ।
सपनाको साक्षी
नयाँ पुस्ताको भविष्य
उज्यालोको अभियानता
सत्य र न्यायको सात्क्षत्कार

सारा जनताको प्यारा
लोकको माहा नायक
तिमी नै हो तिमी
तिमीलाई रातो सलाम
तिमी अर्थात क. विप्लव ।

२०७७/११/२७ खाँदवारी कारागार, संखुवासभा चैनपुर न.पा. ४ मैदाने संखुवासभा

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :