व्यवस्था

कविता

व्यवस्थाले माग्ने बनायो
दिनौँदिन चिन्ता लाग्ने बनायो ।
देश सङ्कटमा छ-व्यवस्थाले गर्दा
अशान्ति छायो-व्यवस्थाले गर्दा
भ्रष्टाचार बढ्यो-व्यवस्थाले गर्दा
बलात्कार बढ्यो-व्यवस्थाले गर्दा
सबै आपत्ति विपत्ति खेप्नु परेको छ
दलाल पुँजीवादी संसदीय व्यवस्थाले गर्दा
धनी झन् धनी बन्दै गएको छ ।
दलाल व्यवस्थाले गर्दा ,धनी झन्……।
गरिब झन् गरिब बन्दै गएको छ
दलाल व्यवस्थाले गर्दा, गरिब झन् ……।
गाँस नपाए भोकै मर्नु परेको
बाँस नपाए तड्किनु परेको
कपास नपाए नाङ्गो हुनुपरेको छ ।
हरेक देशको नागरिकलाई जोस पैदा हुन्छ ।
आफ्नो देश बचाउन बलिदान दिन्छु भन्ने
तर, उपचार नपाएर जीबन बचाउन नसक्दा बलिदान दिनुपर्छ ।
दलाल व्यवस्थाले गर्दा
हरेक बालबालिकाको ठुलो इच्छा हुन्छ ।
आफुले चाहेजस्तो उच्च शिक्षा पढ्ने
आफ्नो क्षमता अनुसारको रोजगारी बन्ने
हरियो पासपोर्ट दिएर आकाशमा उडाउछ ।
बाकसमा सुताउछ -दलाल व्यवस्थाले गर्दा
नबुझेकोले बुझ, नसुन्नेले सुन
ए अङ्कुसे जुकाहरु हो सुन
ए उडुसहरू हो सुन
संसदीय घातक जीवाणुले पनि सुन
पुँजीवादी चक्र तत्वहरूले पनि सुन
तिम्रा मालिकलाई सुनाउ
तिम्रा छाउराहरूलाई सुनाउ
किन ? छिमेकीले धावा बोल्छ ।
किन ? छिमेकीले सिमाना मिच्छ ।
किन ? छिमेकीले हेप्न खोज्छ ।
हाम्रो देश किन ? नाजुक छ ।
दलाल व्यवस्थाले गर्दा
खच्चड संसदीय व्यवस्थाले गर्दा
आउ विकल्पको बारेमा बहस गरौँ ।
जनजीविकाको हल गर्ने निष्कर्ष निकालौँ ।
आउ राष्ट्रिय स्वाधीनताको रक्षा गर्न
आउ नारकीय जीबनबाट मुक्त हुन
आउ दुश्मनलाई गतिलो प्रहार गर्न
समुन्नत व्यवस्थाका लागि
व्यवस्थित शासन व्यवस्था स्थापना गरौँ ।
आऊ व्यक्तिगत र सामूहिक समस्या हल गर्न ।
वैज्ञानिक समाजवादी व्यवस्थाको झण्डा फरफराउ ।

२७ जेठ, २०७८

➡ ✍ रमेश रावत ‘विक्रान्त’ नेपाल कम्युनिस्ट पार्टी जुम्ला जिल्ला कमिटी सदस्य तथा अखिल (क्रान्तिकारी) जुम्ला जिल्ला संयोजक हुन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :