अखिल (क्रान्तिकारी) द्वारा कालीकोटमा स्वास्थ्य शिविर सञ्चालन

अखिल (क्रान्तिकारी) द्वारा कालीकोटमा स्वास्थ्य शिविर सञ्चालन

कालीकोट : नेपाल कम्युनिस्ट पार्टीको भातृ सङ्गठन अखिल (क्रान्तिकारी) ले जिल्लाको माल्कोटमा बिहीबार स्वास्थ्य शिविर सञ्चालन गरेको छ । अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको आयोजनामा स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।

बिहीबार मात्र सञ्चालन गरिएको स्वास्थ्य शिविरमा ३७ जनाको एन्टिजिन परीक्षण गरिएको छ । जसमा ७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । अन्य १५० भन्दा बढी कोरोनाका लक्षण भएका बिरामीहरूलाई अक्सिजन सहितको व्यवस्था मिलाएर औषधी उपचार गरिरहेको अखिल (क्रान्तिकारी) ले जनाएको छ ।

गाउँमा कोरोनाको सङ्क्रमण व्यापक रूपमा फैलिन थालेपछि अखिल (क्रान्तिकारी) ले यस्तो पहल थालेको छ ।

अखिल (क्रान्तिकारी) का नेता नरेन्द्र विकको नेतृत्वमा स्वास्थ्यकर्मीहरूको टोलीसहित स्वास्थ्य शिविर सञ्चालनमा खटिएको नेकपा कालीकोटले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :