कपिलवस्तुमा युवाहरुले गरे दीप प्रज्वलन

कपिलवस्तुमा युवाहरुले गरे दीप प्रज्वलन

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीको अग्रभागिय सङ्गठन युवा सङ्गठन नेपाल जिल्ला समिति कपिलवस्तुको आयोजनामा शिवराज नगरपालिका–५ चन्द्रौटामा दीप प्रज्वलन कार्यक्रम गरिएको छ ।कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाएका सम्पूर्ण नागरिकहरुको सम्झनामा उक्त दीप प्रज्वलन कार्यक्रम गरिएको युवा सङ्गठन नेपाल कपिलवस्तुका अध्यक्ष बादलले बताए । बुधबार सम्पन्न कार्यक्रममा युवा संगठन नेपाल शिवगढी गाउँ समिति इन्चार्ज पावेलले सङ्गठन कोरोना महामारीको विषम परिस्थितिमा जनसेवा, जनश्रमदान, रक्तदान, विपन्न परिवारलाई आर्थिक सहयोग गर्ने अभियानमा निरन्तर सक्रिय रहेको बताए । कार्यक्रममा युवा संगठन नेपाल कपिलवस्तु नगर समितिका जिम्मेवार नेता–कार्यकर्ताको सहभागिता रहेको थियो । सो संगठनले देशै भरी दिप प्रज्वलन कार्यक्रम गरिरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :