नेकपा कालीकोटद्वारा कोरोनाबिरुद्ध सरसफाई अभियान उद्घाटन

नेकपा कालीकोटद्वारा कोरोनाबिरुद्ध सरसफाई अभियान उद्घाटन

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी कालीकोटले विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ बिरुद्ध सरसफाई अभियान र जनचेतना मूलक कार्यक्रमको उद्घाटन गरेको छ । उक्त सरसफाई अभियान नेकपाका केन्द्रीय सदस्य तथा कालीकोट जिल्ला इन्चार्ज बिराटले जिल्लाको पचालझरना कोटिला स्कुलबाट गरेका हुन् ।

नेकपाका केन्द्रीय सदस्य तथा कालीकोट जिल्ला इन्चार्ज बिराट, जिल्ला सेक्रेटरी रणदिप, तखत र लोचन लगायतको उपस्थितिमा कोटिलाका ६० घरधुरीलाई एक-एक चक्की साबुन बितरण गरिएको समाचारमा जनाइएको छ ।

उक्त अभियान जिल्लाका सबै एरियामा गर्ने जिल्ला सेक्रेटरी रणदिपले बताए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :