नेकपाद्वारा चितवनकाे मुसहर बस्तीमा राहत वितरण

नेकपाद्वारा चितवनकाे मुसहर बस्तीमा राहत वितरण

चितवन : नेपाल कम्युनिस्ट पार्टी चितवनले भरतपुर महानगरपालिका वडा नं.२७ स्थित मुसहर बस्तीमा राहत वितरण गरेको छ । विश्वव्यापी दोस्रो भेरियन्टको रुपमा फैलिएको कोरोना भाइरस नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण समस्यामा परेका १२ घरपरिवारलाई दाल, चामल, नुन, तेल, भुजाजस्ता अत्यावश्यक खाद्य वस्तुहरू बुधबार सहयोग स्वरुप राहत वितरण गरेको हो ।

कार्यक्रममा नेकपा चितवन जिल्ला सेक्रेटरी मिनप्रसाद सापकोटाले सरकारले कोरोना सङ्क्रमणलाई नियन्त्रण गर्नको निम्ति गरेको लकडाउनका कारण दैनिकी मजदुरी गरेर जीवीकोपार्जन गर्ने मजदुर, किसान, सुकुमबासीलगायत जनसमुदायमा परेको समस्यालाई केही हदसम्म भएपनि राहत पुग्न सक्ने विश्वाससहित आफूहरुले निकै नै अप्ठ्यारोमा परेका घरपरिवारलाई सहयोग स्वरुप राहत वितरण गरेको बताए । उनले जनता रोगले भन्दा पनि भोगले मर्न सक्ने अवस्था सिर्जना नहोस् भन्ने हेतुले सम्पूणर् पार्टीपङ्क्तिलाई समेत राहत वितरणमा लाग्न आग्रह गरे ।

भरतपुर महानगरपालिका वाड नं.१६ को आयोजनामा गरिएको राहत वितरण कार्यक्रमको अध्यक्षता भरतपुर महानगर वडा न.१६ का इन्चार्ज रुम्बाले गरेका थिए भने जिल्ला सेक्रेटरी मिनप्रसाद सापकोटा र अखिल (क्रान्तिकारी) केन्द्रीय उपाध्यक्ष रुद्र भट्टराईको विशेष उपस्थिति रहेको थियो । उक्त राहत वितरण कार्यक्रमको सञ्चालन पुरन राईले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :