माओवादी केन्द्र छोड्दै स्वतन्त्र बस्दै माडिकायुवाहरू

माओवादी केन्द्र छोड्दै स्वतन्त्र बस्दै माडिकायुवाहरू

माडी : चितवनको माडी नगरपालिकाका युवाहरू माडी नगरपालिकामा भएको भ्रष्ट्राचारका विरुद्ध एक जुट भएका छ्न् । पछिल्लो समय माडी नगरपालिकाका मेयर ठाकुर प्रसाद ढकालले केहि कमिसनको लोभमा  नगरपालिकाको निर्णय विपरित खेतियोग्य जमिन खण्डिकरणका लागी भु–माफियाहरुलाई एकलौटिरुपमा अनुमति दिए पछि त्यसको विरुद्धमा माडीका युवाहरू एकजुट भएका हुन् । मेयर ढकालले नगर कार्यपालिकाको निर्णय विपरित जमिन खण्डिकरणका लागी एकलौटीरुपमा अनुमति दिदाँ करोडौँको चलखेल भएको आरोप लगाईएको छ । माओवादी केन्द्रबाट स्थानिय निकायको चुनावमा माडी नगरपालिकाको मेयरमा विजयी भएका ढकाल भ्रष्ट्राचार र कमिसनको खेलमा जोडिए पछि युवाहरूले अहिले सामाजिक सञ्जालमा आक्रोस पोखिराखेका छ्न् । यसै सन्दर्भमा माओवादी केन्द्रका कार्यकर्ता तथा समर्थक मानिएका घनश्याम पौडेल भन्छन ‘म माओवादी पार्टीको कुनै पनि भातृ संगठनमा आवद्ध नभएको र स्वतन्त्र रहेको जानकारी गराउँछु । कम्युनिष्टको नाममा बेईमानि गर्नेहरू मुर्दावाद।’ त्यसै गरी अमृत गुरुङ भन्छन–‘माडी नगरपालिकामा भएको भ्रष्ट्राचारको समाचार सुन्दा म आफुलाई माओवादी समर्थक हुँ भन्न लाज लाग्यो । त्यसैले आजबाट स्वतन्त्र भएको घोषणा गर्दछु । भ्रष्ट्राचारीहरूलाई कारबाही होस ।’ अर्का युवा बासुदेव सापकोटाले लेखेका छन–‘माडी नगरपालिकामा भएको जग्गा प्रकरण लज्जास्पद करोडौँ भ्रष्ट्राचार प्रकरण लामो समय हुदाँ पनि छानबिन र दोषी उपर कारबाही नहुँदा र अझ भ्रष्ट्राचारलाई ढाकछोप एवं संरक्षण गर्ने प्रयत्न भईरहदा म एक सचेत युवाको नाताले भ्रष्ट्राचारको विरुद्ध स्वतन्त्र युवा अभियानलाई साथ दिने निर्णय गरे।’ अर्का युवा अंकित शर्माले सामाजिक सञ्जाल फेसबुकमा माडी नगरपालिकामा भएको भ्रष्ट्राचारका विरुद्ध लेखेका छन् –‘आजबाट म माओवादी केन्द्रको कुनै पनि भातृ संगठनमा नरहने र सामान्य समर्थक पनि नहुने घोषणा गर्दछु।’ माओवादी केन्द्रका कार्यकर्ता तथा समर्थक हरी क्षेत्रि लेख्छन–‘राजनैतिक जिवनका सम्पुर्ण समय माओवादी केन्द्र र त्यससँग सम्बन्धित जनवर्गीय संगठनमा काम गर्दै आएको थिए । तर पछिल्लो समय माडी नगरपालिकामा भएका जनविरोधि गतिविधि र त्यसलाई जोगाउन त्यस पार्टीका केहि नेताहरूले गरेको षडयन्त्र हेर्दा उक्त पार्टीमा आजकै मिती देखि नरहने घोषणा गर्छु ।’
यस अघि नगरपालिकाका मेयर ठाकुर प्रसाद ढकालले भु–माफिया सँगको मिलोमतोमा खेति योग्य जमिन खण्डिकरणका लागी नगरकार्यपालिकाको निर्णय विपरित एकलौटी रुपमा अनुमति दिएको विषयमा नेकपा नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी सहित माडिमा क्रियाशिल सम्पुर्ण राजनितिक दल र स्वतन्त्र युवाहरुको ‘समुह हामी युवा समुह माडी’ले मेयर ढकालको कार्यशैली प्रति विरोध जनाउँदै संघर्ष गर्ने चेतावनी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :