नेकपा कैलालीद्वारा अरुण थारुप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त

नेकपा कैलालीद्वारा अरुण थारुप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त

कैलाली : नेपाल कम्युनिस्ट पार्टी कैलालीले पार्टीका जिल्ला सदस्य अरुण थारुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवाजनप्रति समवेदना प्रकट गरेको छ । कैलाली जिल्लाको कैलारी गाउँपालिका वडा नं. २ कैलारी गाउँ निवासी अरुण थारुको उपचारको क्रममा सेती प्रादेशिक अस्पतालमा निधन भएको थियो ।

जिल्ला इन्चार्ज ओमप्रकाश पुन ‘निर्माण’ र सेक्रेटरी दीपेन्द्र चलाउने ‘संगम’ ले बुधबार शोक वक्तव्य जारी गर्दै पार्टीका एकजना होनहार युवा नेता अरुण थारुको निधनबाट सम्पूर्ण जिल्ला पार्टी स्तब्ध भएको भन्दै मृतक अरुण थारुप्रति हार्दिक श्रद्धाञ्जली र शोकाकुल परिवारप्रति गहिरो समवेदना प्रकट गरेका हुन् ।

इन्चार्ज ओमप्रकाश पुन ‘निर्माण’ र सेक्रेटरी दीपेन्द्र चलाउने ‘संगम’ ले शोक वक्तव्यमा भनेका छन्, ‘हाम्रो महान तथा जनप्रिय पार्टी नेपाल कम्युनिस्ट पार्टी कैलालीका जिल्ला सदस्य तथा कैलाली जिल्लाको कैलारी गाउँपालिका वडा २ कैलारी गाउँ निवासी कमरेड अरुण थारुको उपचारको क्रममा सेती प्रादेशिक अस्पतालमा निधन भएको छ । एकजना होनहार युवा नेता कमरेड अरुण थारुको निधनबाट सम्पूर्ण जिल्ला पार्टी स्तब्ध भएको छ । एकीकृत जनक्रान्तिमार्फत वैज्ञानिक समाजवाद स्थापनाको महान् अभियानमा क्रियाशील कमरेड अरुणको निधनले सिङ्गो कैलाली पार्टीलाई अपुरणिय क्षति पुगेको छ । मृतक कमरेड अरुण थारुप्रति पार्टीको तर्फबाट भावपूर्ण श्रद्धाञ्जली सहित शोकाकुल परिवारजनहरूमा गहिरो समवेदना व्यक्त गर्दछौँ ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :