विभिन्न निर्णय गर्दै नेकपा दाङको वैठक सम्पन्न

विभिन्न निर्णय गर्दै नेकपा दाङको वैठक सम्पन्न

नेपाल कम्युनिस्ट पार्टी दाङको दशौँ पूर्ण वैठक सम्पन्न भएको छ । केन्द्रिय समितिको बैठक पछि वसेको दाङको प्रथमपूर्ण बैठक नेकपाका दाङ जिल्ला सेक्रेटरी प्रदिपको अध्यक्षता एवं पार्टी केन्द्रिय सदस्य तथा दाङ जिल्ला इन्चार्ज शितलको उपस्थितिमा सम्पन्न भएको हो । बैठकमा केन्द्रीय सदस्य सविन, बिशेष कमिटी सेक्रेटरी सुन्दर, सम्झना, बिक्रम, युवा संगठन नेपालका केन्द्रिय अध्यक्ष पाटन र तिलक पुनको आतिथ्यतामा बसेको वैठकले महत्वपूर्ण निर्णय गरेको जिल्ला सेक्रेटरी प्रदिपद्वारा हस्ताक्षरित बिज्ञप्तिमा उल्लेख गरिएको छ ।
बैठकमा उपस्थित केन्द्रीय सदस्यहरुले दशौँ केन्द्रीय समितिको बैठकले गरेका निर्णयहरु, वर्तमान राजनैतिक  अवस्था, पार्टीको भूमिका लगाएतका विषयमा प्रशिक्षणात्मक मन्तव्य राखेका थिए । वैठकले सबै राजनीतिक पार्टी, देशभक्त, क्रान्तिकारी, प्रगतिशिल बुद्धिजीवी, व्यवसायी, पत्रकार लगाएत आम जनतासँग वर्तमान अवस्था, राजनैतिक, आर्थिक निकासको निमित्त भेटघाट, गोष्ठी, अन्तरक्रिया, छलफल गरी प्रगतिशिल संयुक्त सरकार, जनमतसंग्रह र बैज्ञानिक समाजवादको पक्षमा राजनैतिक वातावरण तयार गर्ने निर्णय गरेको छ।
वैठकले राष्ट्रघाती सम्झौता एमसिसिको विरुद्धमा एकल तथा सामुहिकरुपमा सम्झौता खारेजीको कार्यक्रम गर्ने, एनसेल कर छली, भ्रष्टाचार एवं कमिसन, सामाजिक विभेद महिला तथा वालवालिकामाथि हुने हिंसा,अखाद्य वस्तुको बिक्रीवितरण, लागुऔषधको नियन्त्रण, मिटर व्याज विरुद्धका कार्यक्रमहरु शसक्त ढंगले संचालन गर्ने निर्णय गरेको छ ।
यस्तै मापदण्ड विपरित खोलाहरुबाट ढुङ्गा, गिट्टी, बालुवा निकासी र उत्खननको घोर भत्सर्ना गर्दै तत्काल बन्द गर्ने, चुरे उत्खनन र निकासी गर्न सरकारले गरेको निर्णय तत्काल फिर्ता लिई सो कार्य बन्द गर्न अनुरोध गर्ने, वातावरणीय रुपमा असर र प्रभाव पर्ने गरि खोलिएका वा संचालन गरिएका सबै उधोग, कलकारखाना बन्द गर्न अनुरोध गरि तत्काल बन्द गर्ने, दाइजो प्रथाको विरुद्धमा व्यापक सचेतना फैलाउने, विकास निर्माण गर्ने क्रममा देखिएको सामाजिक भ्रष्टाचार एवं बिकृती बिसंगतिलाई रोक्ने, सामाजिक सत्ताका सवै क्षेत्रमा पार्टीले भूमिका बढाउन पहल गर्ने, सामाजिक काम र उत्पादनका कामहरुलाई निरन्तरता दिई परिणाम र आत्मनिर्भरमुखी बनाउने, किसानलाई सर्बसुलभ मल बिउ उपलब्ध गराउन जोडदार माग गर्दै यो भित्र हुने कालो बजारी अन्त्य गर्ने, कोभिड–१९ संक्रमित विरामीलाई व्यवस्थित उपचार, पिसिआर निशुल्क परिक्षण र कोभिड भ्याक्सिन सवै नागरिकलाई लगाउनको लागि सरकारसँग जोडदार माग गर्ने जस्ता महत्वपूर्ण निर्णय गरिएको जिल्ला सेक्रेटरीद्वारा  हस्ताक्षरित बिज्ञप्तिमा उल्लेख छ ।
वैठकले उपमहानगर, नगर र गाउँपालिका इन्चार्जहरु तोकेको छ जसअन्तर्गत ववई गाउँपालिकामा प्रतिरोध, शान्तिनगर, दंगिशरण गाउँपालिकामा निर्मल, तुलसीपुर उपमहानगरपालिकामा बिकास, घोराही उपमहानगरपालिकामा तिलक, लमही नगरपालिकामा जनक, राप्ती गाउँपालिकामा हेमन्त, गढवा र राजपुर गाउँपालिकामा सुरज र बंगलाचुली गाउँपालिका भिमलाई जिम्मेवारी तोकिएको छ । यस्तै वैठकले वार्ड इन्चार्जहरुमा जिल्ला सदस्यहरुको कार्यबिभाजन गरेको छ भने जिल्लाको ऐतिहासिक प्रथम पुर्ण वैठकले ५९ सदस्यीय जिल्ला समिती पुनर्गठन गरेको छ । वैठकले दाङबाट सरुवा भएर बर्दिया जान लागेका पुर्व जिल्ला सेक्रेटरी गणेश थारु, प्रकाशन बिभाग रातोखबरमा सरूवा भएकी जानकी दहित र बाँके जिल्लामा गएकी प्रीतिमा चौधरीलाई बिदाइ गरिएको सेक्रेटरी प्रदिपले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :