कोरोना संक्रमितहरुको स्वास्थ्यलाभको कामना गर्दै दिपप्रज्वलन

कोरोना संक्रमितहरुको स्वास्थ्यलाभको कामना गर्दै दिपप्रज्वलन

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन युवा संगठन नेपाल उपत्यका ब्युरोले संगठनको केन्द्रीय कार्यक्रम अनुसार उपत्यका ब्युरो अन्तर्गतका भक्तपुर, ललितपुर, नुवाकोट, काठमाडौँ र विशेष जिल्लाका विभिन्न स्थानमा दिप प्रज्वलन गरेको छ । कोरोना भाइरस महामारीबाट संक्रमित सबैमा शिघ्रलाभको कामना गर्दै स्वदेश र विदेशमा ज्यान गुमाउने सम्पुर्ण नागरिकहरुको सम्झना स्वरुप मंगलबार दिप प्रज्वलन कार्यक्रम गरिएको संगठनका उपत्यका व्युरो संयोजक प्रविन धामीले जनाएका छन् । कोरोना संक्रमित विरामी एक्लै नभै सामुहिक संघर्षद्धारा कोरोना भाइरस विरुद्धको लडाई जित्नुपर्ने त्यसको लागि सवै नागरिकहहरुले नै मानवियता र सामाजिक भावनाका साथ संघर्ष गर्न संगठनले सवैमा अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :