मनवानपुरमा दिप प्रज्वलन कार्यक्रम सम्पन्न

मनवानपुरमा दिप प्रज्वलन कार्यक्रम सम्पन्न

नेकपा निकट युवा संगठन नेपाल, मकवानपुरले कोभीड १९ बाट ज्यान गुमाएका सम्पुर्ण नागरीकहरूको सम्झनामा दीप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा मकवानपुरका जील्ला इन्चार्ज इन्द्र बहादुर परियार ‘नयन’ र मकवानपुरका पूर्व इन्चार्ज राम घलान ‘वाटर’ को उपस्थिति रहेको थियो । दिप प्रज्वलन कार्यक्रममा बोल्दै नयनले हाल कोरोना भाइरसबाट ज्यान गुमाएका सम्पुर्ण नागरीकहरुप्रती श्रद्धाञ्जली अर्पण गरेका थिए । साथै विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको संकटकालीन समयमा नेपाली नागरीकको उचित स्वास्थ्य सुरक्षाको ख्याल नगरेरै अन्धाधुन्धा निषेधाज्ञा जारी गरेका कारण नागरिकले सास्ती वेहोरेको बताए । नागरिकको दुःखकष्टको कुनै ख्याल नगरी खाली कुर्सीको लागी मात्रै मरिहत्ते गर्ने सत्ताधारीहरुको चरित्रप्रती असन्तुष्टी व्यक्त गरे । त्यस्तै केन्द्रीय सदस्य नयनले हाल देशमा उत्पन्न भएको स्वास्थ्य समस्याको तत्काल समाधान गरी नेपाली नागरीकका समस्या समाधान गर्नुकासाथै आम नेपाली किसानलाई आवश्यक सम्पुर्ण कृर्षी सामग्रीको व्यवस्था गर्न र वर्षातको समयमा भैपरी आउने प्राकृतीक विपत्तीको सामना गर्नका लागी पूर्व तयारीमा जुट्न सरकार समक्ष अपलि गरेका छन् । मंगलबार सांझ भएको उक्त कार्यक्रमको सञ्चालन युवा संगठन नेपाल, मकवानपुरका अध्यक्ष करण अर्यालले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :