युवाहरूले गरे दाङमा दिप प्रज्वलन

युवाहरूले गरे दाङमा दिप प्रज्वलन

दाङ : नेपाल कम्युनिस्ट पार्टी निकट युवा सङ्गठन, नेपाल जिल्ला समिति दाङको आयोजनमा तुलसीपुरमा दिप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ ।

कोभिड-१९ को सङ्क्रमणबाट ज्यान गुमाउनुहुने सम्पूर्ण नागरिकहरूको सम्झनामा दिप प्रज्वलन गरिएको युवा सङ्गठन नेपालका केन्द्रीय सदस्य तिलक योगीले बताए ।

कार्यक्रममा युवा सङ्गठन नेपाल दाङ जिल्ला इन्चार्ज मनोज परियारले सङ्गठन कोभिड माहामारीको विषम परिस्थितिमा जनसेवा, जनश्रमदान, रक्तदान, विपन्न परिवारलाई आर्थिक सहयोग गर्ने अभियानमा जुटेको बताए ।

दिप प्रज्वलन कार्यक्रममा युवा सङ्गठन नेपाल जिल्ला समिति दाङका नेता-कार्यकर्ता, युवा सङ्गठन नेपाल तुलसीपुर नगर कमिटीका जिम्मेवार नेता-कार्यकर्ता, अखिल (क्रान्तिकारी) दाङका अध्यक्ष अमर खड्का लगायतको सहभागिता रहेको थियो ।

केही समय अघि सङ्गठनले कोरोना बिशेष अस्पताल बेलझुन्डीमा बिरामी कुरुवा प्रतीक्षालय निर्माणमा जनश्रमदान, कोभिड माहामारीमा रगत अभाव हुन नदिन रक्तदान कार्यक्रम र विपन्न दलबहादुर शाहु घर निर्माण अभियानमा निर्माण सामाग्री, खाद्यान्न सहयोग गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :