कैलालीमा युवा सङ्गठनको दिप प्रज्वलन

कैलालीमा युवा सङ्गठनको दिप प्रज्वलन

धनगढी : नेपाल कम्युनिस्ट पार्टी निकट युवा सङ्गठन, नेपाल कैलालीको आयोजनामा कोभिड १९ को माहामारीमा परि ज्यान गुमाउनेहरूको सम्झनामा दिप प्रज्वलन गरिएको छ । घोडाघोडी नगरपालिकाको साँडेपानी बाजारमा नेपाल कम्युनिस्ट पार्टीको युवा सङ्गठन नेपाल कैलालीले दिप प्रज्वलन गरेको हो ।

दिप प्रज्वलन कार्यक्रममा युवा सङ्गठन नेपाल कैलाली अध्यक्ष पुष्प भट्ट, नेकपा घोडाघोडी नगर इन्चार्ज भरत शाह, कैलाली जिल्ला सदस्य श्याम सापकोटा, नगर सचिव अर्जुन चौधरी, भुवन रम्तेल लगायतका नेता कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रममा कोरोना महामारीमा निधन भएकाहरूको स्मृतिमा मौनधारण गर्दै मङ्गलबार कोरोना सङ्क्रमित भई सेती प्रादेशिक अस्पताल धनगढीमा निधन भएका नेपाल कम्युनिस्ट पार्टीका कैलाली जिल्ला सदस्य अरूण थारू लगायतको स्मृतिमा दिप प्रज्वलन गरिएको युवा सङ्गठन नेपाल कैलालीका अध्यक्ष पुष्प भट्टले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :