युवा सङ्गठन, नेपालद्वारा सप्तरी र महोत्तरीमा दिप प्रज्वलन

युवा सङ्गठन, नेपालद्वारा सप्तरी र महोत्तरीमा दिप प्रज्वलन

काठमाडौँ : नेकपा निकट युवा सङ्गठन नेपाल सप्तरी र महोत्तरीले दिप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ ।

युवा सङ्गठन नेपालका केन्द्रीय सदस्य बिचारमान थिङले बताए अनुसार मङ्गलबार २०७६ जेठ २५ गते नेपाल कम्युनिस्ट पार्टीका सहायक सङ्गठन युवा सङ्गठन नेपालको केन्द्रीय कार्यक्रम अनुसार कोरोना भाइरस कोभिड-१९ को महामारीबाट ज्यान गुमाउनु भएका सम्पूणर् नागरिकहरूको सम्झना स्वरुप दिप प्रज्वलन गरिएको छ । जिल्ला सप्तरीमा युवा सङ्गठन नेपालका जिल्ला संयोजक कार्तिकको नेतृत्वमा सप्तरीका युवाहरूको उपस्थितिमा दिप प्रज्वलन गरिएको थियो । युवा सङ्गठन जिल्ला समिति महोत्तरीले जिल्ला अध्यक्ष प्रण कुमार लामाको नेतृत्वमा दिप प्रज्वलन गरिएको थियो ।

दिप प्रज्वलनसँगै सप्तरी र महोत्तरीका युवाहरूले कोरोना सचेतना अभियान सञ्चालन गरिएको छ । कोरोना भाइरसबाट सुरक्षित रहनको लागि माक्स, सेनिटाइजर जस्ता सामग्रीहरू पनि सुकुमबासी बस्तीहरूमा वितरण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :