नेकपा सामाजिक काममा सक्रिय

नेकपा सामाजिक काममा सक्रिय

अर्घाखाँची : नेपाल कम्युनिस्ट पार्टी अर्घाखाँची जिल्ला सेक्रेटरी खेम घर्तीको नेतृत्वमा जिल्लाको भूमिकास्थान नगरपालिका वडा नं. ३ राइखन्नेमा पार्टीका नेता-कार्यकर्ता तथा युवाहरू सामाजिक काममा सक्रिय भएका छन् ।

नगरपालिकाले विकास निर्माणका काम गरेता पनि जनताको भावनाअनुसार काम नगरेको भन्दै १०० देखि ५००० हजार रुपैयाँसम्म उठाएर करिब १५० मिटर बाटो ग्राभेल गरेका छन् । नेकपाको नेतृत्वमा करिब ७० जना युवाहरू सामाजिक कार्यमा सक्रिय रहेको नेकपा अर्घाखाँचीले जनाइएको छ ।

स्थानीय ७२ वर्षीय वृद्ध लालबहादुर पुनले युवा भाइहरूले राम्रो काम गरेको भन्दै सबै उत्साहकासाथ सामाजिक काममा सक्रिय हुनुपर्ने उनले बताए ।

‘समाजमा केहि गर्न सकिने रहेछ । लकडाउनको बेला धेरै युवाहरू बेरोजगार छन्, गाँउमै बसेका युवाहरू मिलेर हामी केही गर्न सक्छौ’ भन्ने हेतुले काम गरेको राष्ट्रिय युवा संघका जिल्ला सदस्य बाबुराम सारुले बताए ।

युवा सदस्य मेघराज घर्तीले हाम्रो एकछिनको सहयोगले कोही ओतमुनि बस्न पाँउछ, सजिलो सँग हिड्न पाउँछ भने किन सहयोग नगर्ने भनेर पनि आफूहरूले अभियानको थालनी गरेको बताए ।

काममा व्यस्त रहेका नारायण सारुले युवाहरू एक भएर काम गर्ने हो भने सानोतिनो सामाजिक काम गर्न सकिने रहेछ भनेर अभियानको थालनी गरेको बताए ।

मिलन चोकदेखि राइखन्नेसम्मको बाटो नगरपालिकाले करिब २५ लाख विनियोजन गरेको थियो तर युवाहरूलाई चित्तबुझ्दो नभएपछि युवाहरू आफै सक्रिय भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :