अखिल क्रान्तिकारी लमजुङले दियो प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन

अखिल क्रान्तिकारी लमजुङले दियो प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन

लमजुङ : अखिल क्रान्तिकारी लमजुङले आज लमजुङका प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुइँटेललाई ज्ञापनपत्र बुझाएको छ । अखिल (क्रान्तिकारी) लमजुङका अध्यक्ष राजन साउदको नेतृत्वमा प्रजिअलाई ज्ञापनपत्र बुझाइएको सङ्गठनले जनाएको छ ।

ज्ञापनपत्र बुझाउने क्रममा अखिल क्रान्तिकारीले शिक्षा, स्वस्थ्य, जनजीविका, लकडाउन फेरि पनि थप्ने-नथप्ने र शिक्षक वासुदेव गिरीको स्वास्थ्य उपचारमा भएको समस्यका विषयमा छलफल गरेको सङ्गठनले जनाएको छ ।

सङ्गठनले कोरोना सङ्क्रमितको निःशुल्क उपचार गर्न पनि माग गरेको छ । जिल्लामा भूकम्पले पारेको क्षति र भूकम्पपीडितलाई दिने राहतका बारेमा पनि सङ्गठनले छलफल गरेको प्राप्त समाचारमा जनाइएको छ ।

प्रमुख जिल्ला अधिकारी लुइँटेलले विद्यार्थी सङ्गठनका नेताहरूसँग जिल्ला स्तरबाट समाधान हुने सम्पूणर् माग सम्बोधन गर्ने बताएको सङ्गठनले जनाएको छ । अब असार महिनादेखि लकडाउन खुकुलो बनाइने र प्रत्येक भूकम्पपीडितलाई राहत वितरण गरिरहेको जानकारी उनले दिएका छन् । प्रजिअले कसैको घर पूणर् रूपमा क्षति भएको छ भने जानकारी दिन आग्रह गरेको सङ्गठनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :