नेकपा कास्कीद्वारा लामागाउँमा राहत वितरण

नेकपा कास्कीद्वारा लामागाउँमा राहत वितरण

पोखरा : नेकपा कास्कीले कोरोनाका कारण समस्यामा परेका पोखरा १८ लामागाउँका २० घरपरवारलाई राहत वितरण गरेको छ । पार्टीका जिल्ला सेक्रेटरी गोकुल पराजुलीको उपस्थितिमा दाल, चामल, नुन, तेललगायत अत्यावश्यक खाद्य सामग्री वितरण गरिएको हो ।

सरकारले कोरोनाको नयाँ भेरिएन्ट र सुरक्षाका लागि भन्दै लगाएको लकडाउनका कारण दैनिक मजदुरी गरेर जीविकोपार्जन गर्ने मजदुर, किसान, सुकुमबासीलगायतलाई परेको समस्यामा केही हदसम्म भए पनि सहयोग पुर्‍याउने उद्देश्यले राहत वितरण गरिएको कास्की सेक्रेटरी पराजुलीले बताए । उनले राहत वितरणमा लाग्न सम्पूर्ण पार्टी पङ्क्तिलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :