एमसीसीलाई बजेट छुट्ट्याउने र चुरे दोहन गर्ने नीतिविरुद्ध २२ दलको आक्रोश

काठमाडौँ : सरकारका राष्ट्रघाती-जनघाती कदमविरुद्ध कार्यगत एकता गरेर आन्दोलन गरिरहेका २२ राजनीतिक सङ्गठनले संयुक्त विज्ञप्ति जारी गर्दै केपी ओली सरकारले राष्ट्रघाती एमसीसी परियोजनाका लागि बजेट छुट्ट्याएको र नेपालका प्राकृतिक सम्पदा भारतलाई बिक्री गर्न गरेको घोषणाविरुद्ध आक्रोश व्यक्त गरेका छन् ।

२२ दलका तर्फबाट सीपी गजुरेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘ओली सरकारले अध्यादेशमार्फत ल्याएको २०७८/०७९ को बजेटप्रति हाम्रो विरोध रहेको कुरा वक्तव्यहरूबाट सार्वजनिक भएकै छ । त्यसमा पनि संसद्बाट पारित नै नभएको राष्ट्रिय हितविपरीतको एमसीसी परियोजनाअन्तर्गतको विद्युत्को हाईटेन्सन लाइनका लागि रकम विनियोजन गर्ने तथा विदेश व्यापारको घाटा कम गर्ने भन्ने बहानामा हाम्रो देशका चुरे पहाडको दोहन गरी ढुङ्गा, गिट्टी र बालुवा विदेश निकासी गर्ने भन्ने योजना दुवै राष्ट्रघाती भएका हुनाले यी दुवैलाई खारेज गर्न हामी सरकारसँग जोडदार माग गर्दछौँ । खारेज गरिएन वा यसलाई फिर्ता लिइएन भने त्यसबाट उन्पन्न हुने सम्पूणर् परिस्थितिका लागि सरकार जिम्मेवार हुने कुरा पनि हामी स्पष्ट गर्न चाहन्छौँ ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :