कपिलवस्तुका ४१ घरपरिवारलाई राहत वितरण

कपिलवस्तुका ४१ घरपरिवारलाई राहत वितरण

कपिलवस्तु : अखिल (क्रान्तिकारी) कपिलवस्तुले कोरोनाबाट आक्रान्त बुद्धभूमि नगरस्थित टाकु, बक्टापुर र मसौरेका ४१ घरपरिवारलाई अत्यावश्यक खाद्य सामग्री र स्वास्थ्य सामग्री तितरण गरेको छ ।

राहत प्याकेजमा ४५० किलोग्राम चामल, नुन, १२०० वटा मास्क, ७० वटा सेनिटाइजर, ५५ वटा साबुन, जीवनजललगायत सामग्री वितरण गरिएको जानकारी सङ्गठनका जिल्ला अध्यक्ष विज्ञान क्षेत्रीले दिए ।

कोरोनाविरुद्धको स्वास्थ्य जनचेतना तथा राहत वितरण कार्यक्रम गाउँका जनताका बीचमा सङ्गठनका जिल्ला उपाध्यक्ष सङ्गीता विकको अध्यक्षता, सङ्गठनका जिल्ला अध्यक्ष विज्ञान क्षेत्रीको प्रमुख आतिथ्य, नेपाल कम्युनिस्ट पार्टी बुद्धभूमि नगर सेक्रेटरी सन्देश, सहसेक्रेटरी वीरबहादुर, युवा सङ्गठन नेपाल बुद्धभूमिका नगर अध्यक्षको आतिथ्य र सङ्गठनकी जिल्ला सहसचिव करिश्मा भट्टराईको सञ्चालनमा सम्पन्न भएको जनाइएको छ ।

कोरोनाविरुद्धको अभियानमा मन्तव्य राख्दै सन्देशले विषम परिस्थितिमा आफ्नो पार्टी निरन्तर जनताको सेवामा लागेको र लागिरहने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा सम्बोधन गर्दै जिल्ल्ला अध्यक्ष विज्ञान क्षेत्रीले आफूहरू निरन्तर जनताको सेवामा रहेको र कोरोनाविरुद्धको लडाइँ जितेरै छोड्ने विश्वास व्यक्त गरे ।

उनले सरकार जनताप्रति जिम्मेवार बन्नुको साटो सत्ता टिकाउन विदेशीको चाकडी गर्नतिर लागेको भन्दै आक्रोश व्यक्त गरे । महामारीको समयमा आआफ्नो ठाउँबाट सहयोग गर्ने उद्योगी-व्यवसायी र स्वास्थ्य क्षेत्रमा क्रियाशील व्यक्तिहरूलाई धन्यवाद पनि दिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :