विश्वकप छनोटमा इक्वेडरविरुद्ध ब्राजिलको सहज जित

विश्वकप छनोटमा इक्वेडरविरुद्ध ब्राजिलको सहज जित

काठमाडौँ : ब्राजिलले फिफा विश्वकप छनोटमा इक्वेडरविरुद्ध सहज जित निकालेको छ । दक्षिण अमेरिकी छनोटअन्तर्गत शनिबार भएको खेलमा ब्राजिलले इक्वेडरलाई २–० गोलले हराएको हो ।

ब्राजिललाई जित दिलाउन रिचार्लिसन र नेयमारले एक/एक गोल गरे । ६५ औँ मिनेटमा रिचार्लिसन र इन्जुरी समयमा नेयमारले पेनाल्टीमा गोल गर्दै ब्राजिललाई २–० को जित दिलाएका हुन् । विश्वकप छनोटमा लगातार पाँचौँ जित निकालेको ब्राजिलले ५ खेलमा १५ अङ्क जोडेको छ ।
ब्राजिल तालिकाको शीर्ष स्थानमा रहेको छ । इक्वेडर ९ अङ्कसहित तेस्रो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :