बरडाँडाबस्तीमा स्वास्थ्य शिविर सञ्चालन

बरडाँडाबस्तीमा स्वास्थ्य शिविर सञ्चालन

सुर्खेत : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल जनस्वास्थ्यकर्मी महासङ्घ जिल्ला समिति सुर्खेतको आयोजनामा जिल्लाको बराहताल गाउँपालिका वडा नं. ८ बरडाँडा कुमीकोटबस्तीमा स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।

शिविरमा कोरोना भाइरस, मौसमी फ्लु, रुघाखोकी, ज्वरो, आउँ, पेटको समस्यालगायत रोगबाट पीडित ५० जनाको स्वास्थ्य परीक्षण गरी लक्षणका आधारमा रोग पहिचान गरी आवश्यक परामर्श र सिटामोल, प्यान्टापराजोल, जिङ्क ट्याब्लेट, मेट्रोनिडाजोल, भिटामिन बी, सी, डी, क्याल्सियम, डिकोल्ड, निम्स, सिप्रोफ्लाक्सासिन, अल्ट्रासिड, एन्टीएलर्जिक, एन्टीफङ्गल, एन्टीब्याक्टेरियल, साइनेक्स, जीवनजललगायत औषधी, ३०० थान मास्क र टलिटर सेनिटाइजर निःशुल्क वितरण गरिएको जानकारी जनस्वास्थ्यकर्मी महासङ्घले दिएको छ ।

शिविरमा जनस्वास्थ्यकर्मी महासङ्घ सुर्खेतका फिजियो थेरापिस्ट भूमिप्रसाद उपाध्याय र अनमी अप्सरा बोगटीले सहजीकरण गरेका थिए ।

वितरित औषधी र स्वास्थ्य सामग्रीहरू जिल्ला जनस्वास्थ्य सुर्खेत, वीरेन्द्रनगर नगरपालिका कार्यालय, औषधी व्यवसायी सङ्घ सुर्खेत, कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयबाट सहयोगस्वरूप प्राप्त भएको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :