अखिल (क्रान्तिकारी) द्वारा स्थानीय तहहरूमा मागपत्र पेस

अखिल (क्रान्तिकारी) द्वारा स्थानीय तहहरूमा मागपत्र पेस

बुटवल : अखिल (क्रान्तिकारी) रूपन्देहीले जिल्लाका स्थानीय तहहरूमा विभिन्न माग राख्दै पत्र बुझाएको छ ।

कोरोना महामारीले जनजीविका, जनस्वास्थ्य तथा शैक्षिक क्षेत्रमा नराम्ररी प्रभाव परेको तर त्यसप्रति सरकार गम्भीर र उत्तरदायी नबनेको भन्दै क्रान्तिकारीले जिल्लाका बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिकालगायत स्थानीय तहमा ७ बुँदे मागपत्र बुझाएको हो । क्रान्तिकारीका जिल्ला अध्यक्ष इन्दु वलीको नेतृत्वमा मागपत्र बुझाइएको हो ।

मागपत्रमा अक्सिजनको आपूर्ति, आईसीयू, भेन्टिलेटरको व्यवस्था, सम्पूर्ण स्वास्थ्य सामग्रीहरू सहज र सुलभदरमा उपलब्ध गराउन, कोरोना संक्रमणको अवसर छोपेर निजी अस्पतालहरूले अमानवीय र अनैतिक ढङ्गले रकम असुलिरहेकाले तत्काल अनुगमन गरी कारबाही गर्न, संक्रमितको बढ्दो सङ्ख्या र अस्पतालमा बेड अभाव भई उपचारबाट वञ्चित भइरहेको अवस्थामा निजी अस्पतालहरूमा पनि संक्रमितको उपचार गर्ने व्यवस्था तत्काल मिलाउन, महामारीको मौका छोपी स्वास्थ्य सामग्री, दैनिक उपभोग्य सामग्रीको कृत्रिम अभाव उत्पन्न गर्ने, कालोबजारी, ठगी गर्ने तथा सवारीसाधनहरूले समेत मनपरी भाडा असुलिरहेकाले तत्काल अनुगमन गरी कारबाही र्न माग गरिएको छ ।

त्यसैगरी दैनिक ज्यालादारी मजदुर, भाडामा बसिरहेका विद्यार्थी, विपन्न नागरिकको परिवारलाई तत्काल राहत उपलब्ध गराउन, लकडाउनको अवधिमा शैक्षिक संस्थाहरूले असुल्ने शुल्क तथा भाडामा बस्ने विद्यार्थीको कोठाभाडा मिनाहा गराउन, कोरोना महामारीका कारण उत्पन्न शैक्षिक अन्योल तत्काल अन्त्य गर्न पनि माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :