नेपाल कम्युनिस्ट पार्टी रुकुम पश्चिम निरन्तर जनसेवामा

नेपाल कम्युनिस्ट पार्टी रुकुम पश्चिम निरन्तर जनसेवामा

रुकुम पश्चिम : नेकपाका जिल्लाका नेता–कार्यकर्ता कोरोना महामारीले निम्त्याएको विषम परिस्थितिमा स्वयम्सेवकको भूमिका निर्बाह गर्दै निरन्तर जनसेवामा खटिरहेका छन ।

जिल्ला अस्पताल सल्लेमा कोरोना सङ्क्रमित बिरामी र सङ्क्रमितका आफन्तहरूलाई निःशुल्क खाजा–खाना, तातोपानीलगायत दैनिक उपभोग्य सामान तयार गरी अस्पतालसम्म पुर्याउँदै आएको र गरिबी, महँगीसँगै कोरोना महामारीसँग लडिरहेका रुकुमेली जनतालाई सहयोग पुर्याउने उद्देश्यले पार्टी निरन्तर जनसेवामा लागिरहेको नेकपाका जवस फ्याक्सन इन्चार्ज नरेन्द्र विकले बताए ।

जिल्लाका सहयोगी व्यक्तिहरूबाट स्वेच्छाले खाद्यान्न सङ्कलन गरी जिल्ला अस्पतालका कोरोनाका सङ्क्रमित बिरामी र कुरुवाहरूलाई निःशुल्क खाना खुवाउँदै आएकोमा बिरामीहरूको माग र चिकित्सकहरूको सल्लाहबमोजिम स्वास्थ्यका लागि फाइदाजनक हिमालयन सिस्नु पाउडर उद्योगबाट उत्पादित सिस्नु पनि खुवाउने गरिएको जानकारी उनले दिए ।

जिल्ला अस्पताल सल्लेको चमेनागृहमा गुणस्तरहीन र महँगो खाना खुवाएको गुनासो बिरामी र तिनका आफन्तहरूले पोेखेपछि नेकपा रुकुमले निरन्तर निःशुल्क खाना खुवाइरहेको छ ।

केहि दिन अगाडि सप्तरी घर भई रुकुम पुर्बको राङ्सी स्वास्थ्य चौकीमा कार्यरत अनमी (नर्स ) सात महिनाकी गर्बवती कबिता रामलाई कोरोना सङ्क्रमण देखिए पछि १० दिन सम्म जिल्ला अस्पताल सल्लेमा उपचार गराउदा पनि स्वास्थ्यमा सुधार नआए पछि नेकपा रुकुम लगाएत केही समाजसेबि ब्यक्तिहरूको पहलमा निशुल्क हेलिकप्टर मार्फत जिल्ला बाहिर अस्पतालले रेफर गरेको थियो ।

जनताको स्वास्थ्य अबस्था बुझ्न नेकपाका जिल्ला नेता नरेन्द्र विक, साझा मुराल अस्पतालका प्रबन्धक तथा डाक्टर दीपक पुनसहितको टोली कोरोना प्रभावित क्षेत्रहरूमा घरदैलो कार्यक्रम सञ्चालन गरी जनताकै घर पुगेर अक्सिजन लेभल, ज्वरो नापलगायत आवश्यक सल्लाह दिई निःशुल्क रूपमा सिटामोल, जिन्क ट्याब्लेटलगायत अत्यावश्यक औषधीहरू डा. पुनले दिएको र कोरोनाको लक्षण देखिएकालाई तुरुन्त परीक्षण गराउन सल्लाह दिएको नेकपा रुकुमले जनाएको छ ।

त्यस्तै सङ्क्रमित भई मृत्यु भएकाहरूको शव व्यबस्थापन, रगत अभाब भएका सुत्केरीलाई रगतदान, निषेधाज्ञाका कारण यातायातको समस्या भई उपचार गराउन जान नपाएका बिरामीलाई सहजीकरणलगायत जनसेवाका काममा पनि नेता–कार्यकर्ता सक्रिय रहेको नेकपा रुकुम पश्चिमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :