किरणले भने– अध्यादेशमार्फत ल्याइएको बजेट जनविरोधी छ

किरणले भने– अध्यादेशमार्फत ल्याइएको बजेट जनविरोधी छ

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) ले गम्भीर बन्दै गएको देशको राजनीतिक परिस्थिति, राष्ट्रियता, जनतन्त्र तथा जनजीविकाका समस्या, बजेट वक्तव्यलगायत विषयबारे प्रेस वक्तव्य जारी गर्दै आफ्नो धारणा सार्वजनिक गरेको छ ।

नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’ ले बुधबार प्रेस वक्तव्य जारी गर्दै सरकारले अध्यादेशमार्फत ल्याएको बजेट राष्ट्र तथा जनविरोधी भएको ठहर गरेका छन् । देश निरङ्कुशतावाद, फासिवाद तथा राष्ट्रघातको कहालीलाग्दो अवस्थामा पुग्न थालेको भन्दै महासचिव किरणले छरिएर रहेका क्रान्तिकारी कम्युनिस्टहरू र देशभक्त जनसमुदायलाई संयुक्त सङ्घर्षको तयारीमा जुट्न हार्दिक अपिल पनि गरेका छन् ।

किरणले बजेटमार्फत देशको पर्यावरण तथा राष्ट्रिय अस्मिताका विरुद्ध खानीढुङ्गा, गिट्टी, बालुवा उत्खनन गरी भारततर्फ निकासी गर्ने नीति ल्याएर सरकारले भारतको दलाली गरेको पनि विज्ञप्तिमा उल्लेख गरेका छन् ।

गणतन्त्र, धर्मनिरपेक्षता, सङ्घीयतालगायत जनयुद्ध तथा जनआन्दोलनका आंशिक उपलब्धि गुम्ने खतरा रहेको भन्दै किरणले देशको राष्ट्रिय स्वाधीनतामाथि नै गम्भीर खतरा पैदा हुन थालेको विज्ञप्तिमा उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :