चट्याङ लागेर बागलुङमा बालकको मृत्यु

चट्याङ लागेर बागलुङमा बालकको मृत्यु

बागलुङ : चट्याङ लागेर बागलुङमा एक बालकको मृत्यु भएको छ ।

मङ्गलबार अपराह्न परेको चट्याङ लागेर बागलुङ बडिगाड गाउँपालिकाका १२ वर्षीय सुवास पेमीको ज्यान गएको हो ।

बडिगाड ५ का पेमी घरनजिकै परेको चट्याङ लागेर गम्भीर घाइते भएको उपचारका क्रममा अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको जानकारी उक्त गाउँपालिकाका राजन पाइजाले दिएको सञ्चारमध्यमले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :