सम्पूर्ण विद्यार्थीलाई यथाशीघ्र कोरोना खोप उपलब्ध गराऊ : चिकित्सा शिक्षा सङ्घर्ष समिति

सम्पूर्ण विद्यार्थीलाई यथाशीघ्र कोरोना खोप उपलब्ध गराऊ : चिकित्सा शिक्षा सङ्घर्ष समिति

काठमाडौँ : चिकित्सा शिक्षा सङ्घर्ष समितिले बिनापक्षपात सम्पूर्ण विद्यार्थीलाई यथाशीघ्र कोरोना खोप उपलब्ध गराउन माग गरेको छ । सङ्घर्ष समितिका संयोजक डा. प्रकाश चन्द र प्रवक्ता डा. नरेश भट्टले आइतबार विज्ञप्ति जारी गरी स्वास्थ्य मन्त्रालयले MBBS र BDS का लागि मात्र खोप उपलब्ध गराएको विषयले सरकारले समग्र चिकित्सा शिक्षा अध्ययन गरिरहेका क्षेत्रको मर्म र भावनामा गम्भीर चोट पुर्याएको उल्लेख छ ।

प्रेस विज्ञप्तिमा भनिएको छ, ‘कोभिड महामारीले आक्रान्त बनेको अहिलेको परिस्थिति मेडिकल शिक्षा अध्ययन गरिरहेका विद्यार्थीका लागि झनै जटिल बनेको छ । चिकित्सा शिक्षा अध्ययन गरिरहेका विद्यार्थीहरू (MBBS, BDS, Nursing-B.sc, B.N, BMCT, BMIT, BPH, B-Pharmacy) कहिले मेडिकल कलेजका मालिकहरूबाट लुटिएका छन् त कहिले राज्यबाट तर निरन्तर सङ्घर्षमा छन् । अहिले पनि राज्यले मेडिकल अध्ययनजस्तो संवेदनशील क्षेत्रका विद्यार्थीका लागि कुनै विशेष कार्यक्रम नबनाउनु र नल्याउनु एउटा लज्जाको विषय हो ।’

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘हिजो मात्र स्वास्थ्य मन्त्रालयले MBBS र BDS का लागि मात्र खोप उपलब्ध गराएको विषयले सरकारले समग्र चिकित्सा शिक्षा अध्ययन गरिरहेको क्षेत्रको मर्म र भावनामा गम्भीर चोट पुर्याएको छ । यस किमिसको गैरजिम्मेवार निर्णयलाई सच्याउँदै तुरुन्त सबै मेडिकल अध्ययन गरिरहेका (MBBS, BDS, Nursing-B.sc, B.N, BMCT, BMIT, BPH, B-Pharmacy) र अन्य शिक्षा लिइरहेका विद्यार्थीलाई यथाशीघ्र खोप उपलब्ध गराइसोस् । हामी सबै विद्यार्थी सङ्घ, सङ्गठन र सरोकारवाला निकायको यस विषयमा गम्भीर ध्यानाकर्षण गराई चाँडोभन्दा चाँडो पहल लिन अनुरोध गर्दै यस विषयमा साथ दिन सम्पूर्णमा अपिल गर्दछौँ ।’ प्रेस विज्ञप्तिको पूर्णपाठ….

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :