युवा सङ्गठन र कोरोना विशेष अस्पतालबीच छलफल

युवा सङ्गठन र कोरोना विशेष अस्पतालबीच छलफल

दाङ : नेपाल कम्युनिस्ट पार्टीको सहायक सङ्गठन युवा सङ्गठन नेपाल दाङले कोरोना विशेष अस्पताल बेल्झुन्डीमा छलफल गरेको छ ।

युवा सङ्गठन नेपालका केन्द्रीय सदस्य तथा पार्टीका दाङ जिल्ला कार्यालय सदस्य तिलक योगीको नेतृत्वको टोलीले कोरोना विशेष अस्पतालमा अहिलेसम्मको कामकाज, बिरामीको अवस्था र व्यवस्थापनका विषयमा महत्वपूर्ण छलफल गरेको हो ।

छलफलमा कोरोना व्यवस्थापनमा परेका अप्ठ्यारा, व्यवस्थापनका विषयमा जनताको टिप्पणी, पार्टी र सङ्गठनका तर्फबाट भएको सहयोग–सहकार्यका विषयमा छलफल भएको जानकारी युवा सङ्गठन नेपालका केन्द्रीय सदस्य वीरेन्द्र विकले दिए ।

छलफलमा पार्टीका जिल्ला समिति सदस्य मदन र मनोजको सहभागिता थियो । छलफलमा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष पदमप्रसाद न्यौपाने, व्यवस्थापक द्रोण वली र मेडिकल सुपरिटेन्डेन्ट डा. विनोद सिंहले अस्पतालको व्यवस्थापन, कोरोना नियन्त्रणमा खट्ने नर्स, डाक्टर र कर्मचारीको अवस्था, उपलब्ध स्रोत–साधन, सरोकारवालाको सहयोगका बारेमा जानकारी गराएका थिए ।

अस्पतालका व्यवस्थापक वलीले अस्पताललाई सरोकारवाला र सञ्चारमाध्यमको सहयोग प्राप्त भएको बताए । उनले सामाजिक सञ्जालमा अस्पताललाई पार्टीगत अस्पताल हो भनेर केही मान्छेले भ्रम छर्ने गरेको भन्दै दुःख पनि व्यक्त गरे ।

पार्टीका दाङ जिल्ला कार्यालय सदस्य तिलक योगीले अस्पतललाई पार्टी र सङ्गठनका तर्फबाट जनतासँग सहकार्य गर्दै सबै प्रकारका सहयोग र सहकार्यका लागि प्रतिबद्ध रहेको जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :