नेकपा चितवनद्वारा सुरक्षाकर्मीलाई स्वास्थ्य सामग्री हस्तान्तरण

नेकपा चितवनद्वारा सुरक्षाकर्मीलाई स्वास्थ्य सामग्री हस्तान्तरण

चितवन : नेपाल कम्युनिस्ट पार्टी चितवनले कोरोना महामारीको समयमा अग्रमोर्चामा खटिने सुरक्षाकर्मीको स्वास्थ्य अवस्थालाई ध्यानमा राखेर स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

नेकपाले वडा प्रहरी कार्यालय नारायणगढ र इलाका प्रहरी कार्यालय फूलबारीलाई मास्क, सेनिटाइजर, पन्जालगायत आवश्यकताअनुसारको स्वास्थ्य सामग्री प्रदान गरेको हो ।

नेकपाले वडा प्रहरी कार्यालय नारायणगढका प्रमुख रघुसिंह बिष्ट र इलाका प्रहरी कार्यालय फूलबारीका प्रमुख देवराज पौडेललाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो । उक्त कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य तथा चितवन जिल्ला इन्चार्ज सन्देश पौडेल, नेकपा चितवनका पूर्वसेक्रेटरी ध्रुव खड्का, नेकपा चितवनका जिल्ला सदस्य मोहन काफ्ले, अखिल (क्रान्तिकारी) का केन्द्रीय उपाध्यक्ष रुद्र भट्टराईलगायतको सहभागिता थियो ।

नेकपाले स्वास्थ्य सामग्री हस्तान्तरण गर्दै सामग्री उपलब्ध गराउन सहयोग गर्ने अमेरिका निवासी माधव पौडेल, श्वेता थापा, ठाकुर पौडेल, मनोज ओली र मोहनराज काफ्लेलाई धन्यवाद प्रदान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :