प्रधानमन्त्रीको सम्बोधनमा आत्मप्रशंसा मात्र

काठमाडौँ : प्रधानमन्त्री केपी ओलीले शुक्रबार राष्ट्रका नाममा सम्बोधन गरेर आफ्नो सरकारले गरेका कामकारबाहीहरूको प्रशंसा गर्दै आफ्नो कामको बचाउ गर्ने प्रयास गरेका छन् । संसद्बाट विश्वासको मत प्राप्त गर्न नसकेर संवैधानिक सङ्कट बेहोरिरहेका ओलीले निर्वाचनका लागि सबै दललाई सरकारमा सहभागी हुन आग्रह भने गरेका छन् ।

कोरोना महामारीले जनजीवन प्रभावित बनिरहेको समयमा जसरी पनि देशलाई निर्वाचनमा लैजाने ध्याउन्नमा लागेका ओलीको उक्त सम्बोधन औचित्यहीन भएको टिप्पणी धेरैतिरबाट गरिएको छ । राष्ट्रका नाममा गरिएको सम्बोधनमा आफ्ना कामकारबाहीको मात्र प्रशंसा र बचाउ गरेका ओलीले सरकार र नेकपावीच गत फागुन २१ गते भएको सहमतिका बारेमा भने केही बोलेका छैनन् । सहमतिअनुसार नेकपाका नेता–कार्यकर्ता रिहा नगरेपछि सरकार सहमतिप्रति गम्भीर नवनेको र सहमति पालना नगरेको भन्दै चौतर्फी आलोचना भएको छ । द्विपक्षीय सहमति आफ्नो पार्टीले इमानदारीतापूर्वक पालना गरेको तर सरकार उक्त सहमति पालना गर्न अनिच्छुक देखिएको नेकपाका नेताहरूले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :