अखिल (क्रान्तिकारी) गुल्मीद्वारा राहत वितरण

अखिल (क्रान्तिकारी) गुल्मीद्वारा राहत वितरण

गुल्मी : नेकपा निकट अखिल (क्रान्तिकारी) गुल्मीले जिल्लाको रेसुङ्गा नगरपालिका, तम्घासमा रहेको आशा अपाङ्ग केन्द्रमा विद्यार्थी नेता प्रज्वल शाहीलगायत एकीकृत जनक्रान्तिका महान् सहिदहरूको स्मृतिमा राहत वितरण गरेको छ ।

सङ्गठनका जिल्ला सदस्य शिव भुसाल र श्याम कुँवरको नेतृत्वमा बुधबार ५० किलो चामल र स्वास्थ्य सामग्री मास्क, सेनिटाइजर वितरण गरेको बताइएको छ ।

सङ्गठनले कोरोनाविरुद्धको विद्यार्थी अभियानअन्तर्गत विभिन्न जनचेतनामूलक कार्यक्रमहरू पनि गर्दै आएको सङ्गठनका जिल्ला संयोजक विकल्प खत्रीले बताए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :