अखिल क्रान्तिकारीद्वारा सहिद प्रज्वलको स्मृतिमा द्वीप प्रज्वलन

अखिल क्रान्तिकारीद्वारा सहिद प्रज्वलको स्मृतिमा द्वीप प्रज्वलन

रुकुम पश्चिम : अखिल क्रान्तिकारी रुकुम पश्चिमले एकीकृत जनक्रान्तिका महान् सहिद प्रज्वललगायत सहिदहरूको सम्झनामा बुधबार सदरमुकाम मुसीकोट १ सल्लेस्थित सहिद पार्कअगाडि द्वीप प्रज्वलन गरी श्रद्धाञ्जली व्यक्त गरेको छ ।

द्वीप प्रज्वलन कार्यक्रममा अखिल क्रान्तिकारीका निवर्तमान जिल्ला अध्यक्ष प्रेमप्रशान्त बोहोराले एकीकृत जनक्रान्तिको प्रक्रियामा अखिल क्रान्तिकारीको उच्च तहबाट सहादत प्राप्त गर्ने प्रज्वललगायत सम्पूर्ण महान् सहिदहरूको सम्झना गर्दै नेपाली जनताको मुक्ति र नेपाली जनताको वर्गीय आन्दोलनमा उहाँको बलिदानलाई सम्मानका साथ उहाँहरूले देखाएको बाटो वैज्ञानिक समाजवादी शिक्षा, वैज्ञानिक समाजवादी राज्यव्यवस्थाको सपनालाई पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे ।

द्वीप प्रज्वलन कार्यक्रममा पार्टी जिल्ला कार्यालय सदस्य नरेन्द्र विक, अखिल क्रान्तिकारीका निवर्तमान उपाध्यक्ष सोमपाल कामी, कार्यालय सदस्य शोभा डाँगीलगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :