अखिल (क्रान्तिकारी) रूपन्देहीद्वारा सहिदहरूको सम्झनामा रक्तदान

अखिल (क्रान्तिकारी) रूपन्देहीद्वारा सहिदहरूको सम्झनामा रक्तदान

काठमाडौँ : अखिल (क्रान्तिकारी) रूपन्देहीले बुधबार बुटवलमा रक्तदान कार्यक्रम गरेको छ । विद्यार्थी नेता प्रज्वल शाहीलगायत एकीकृत जनक्रान्तिका महान् सहिदहरूको सम्झनामा उक्त कार्यक्रम आयोजना गरिएको सङ्गठनकी रूपन्देही जिल्ला इन्चार्ज रूपा बुढामगरले बताए । उनले आगामी दिनमा पनि जनताको बीचमै रहेर अगाडि बढ्ने बताए ।

सङ्गठनका तत्कालीन केन्द्रीय सदस्य प्रज्वल शाहीको आजकै दिन २०७६ साल जेठ १२ गते सहादत भएको थियो ।

रक्तदान कार्यक्रममा नेकपा रूपन्देही जिल्ला सेक्रेटरी विश्वास, अखिल (क्रान्तिकारी) लुम्बिनी क्षेत्रीय समन्वय समितिका संयोजक वीरेन्द्र विक, सङ्गठनकी जिल्ला अध्यक्ष इन्दु ओली, जिल्ला उपाध्यक्ष पारस राहादी मगरलगायत विद्यार्थी नेता–कार्यकर्ताको सहभागिता थियो ।

कोरोना महामारीको कठिन परिस्थितिबीच आयोजना गरिएको रक्तदान कार्यक्रमको उच्च प्रशंसा गर्दै ब्लड बैङ्क बुटवलले सिर्जनात्मक तथा रचानात्मक कार्यक्रमका लागि शुभकामनासहित सङ्गठनप्रति धन्यवाद व्यक्त गरेको छ ।

रक्तदान कार्यक्रमलाई निरन्तरता दिने र जोकसैलाई पनि रगतको आवश्यकता परे सङ्गठनका जिम्मेवार व्यक्तिहरूलाई सम्पर्क गर्न सकिने जानकारी सङ्गठनले दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :