प्रशासनले बन्द गराएको निःशुल्क खाना बिरामीको अनुरोधमा फेरि सञ्चालनमा

प्रशासनले बन्द गराएको निःशुल्क खाना बिरामीको अनुरोधमा फेरि सञ्चालनमा

रुकुम पश्चिम : नेपाल कम्युनिस्ट पार्टी रुकुम पश्चिमले जिल्ला अस्पताल सल्लेमा कोरोना सङ्क्रमित र बिरामी कुरुवालाई दिँदै गरेको निःशुल्क खाना बिरामीको आग्रहमा आज बिहानदेखि पुनः सुरु भएको छ ।

बिरामी र बिरामी हेरचाह गर्न खटिएका कुरुवाका लागि निःशुल्क खाना सञ्चालनका लागि आएको अनुरोध र जिल्लास्थित केही राजनीतिक दलका नेताहरूले निःशुल्क खाना बन्द गरिएको घटनाको सामाजिक सञ्जालमा विरोध जनाएपछि नेकपाका जिल्ला नेता नरेन्द्र विकको पहलमा प्रशासनको अनुमतिबिना नै बिरामी र कुरुवालाई पुनः सेवा दिन खटिएको अखिल क्रान्तिकारीका निवर्तमान जिल्ला अध्यक्ष प्रेमप्रशान्त बोहोराले बताए । मङ्गलबारबाट फेरि जिल्ला अस्पतालमा रहेका बिरामी र कुरुवालाई दैनिक रूपमा खाजा, खाना, तातोपानी बिरामीलाई उपलब्ध गराइरहेको उनले बताए ।

नेपाल कम्युनिस्ट पार्टीका नेता–कार्यकर्ता २० दिनदेखि निरन्तर कोरोनाविरुद्ध लड्न स्वास्थ्यकर्मीसहित घरदैलो भेटघाट, लक डाउनका कारण खाना खान धौधौ परेकाहरूलाई राहतस्वरूप खाद्यान्न व्यवस्थापनलगायत सेवा दिइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :