चेल्सी च्याम्पियन्स लिग फुटबलमा छानियो

चेल्सी च्याम्पियन्स लिग फुटबलमा छानियो

काठमाडौँ : इङ्लिस प्रिमियर लिग फुटबलअन्तर्गत सिजनको आफ्नो अन्तिम खेलमा पराजित भए पनि चेल्सी च्याम्पियन्स लिग फुटबलमा छानिएको छ ।

आइतबार राती भएको खेलमा १० खेलाडीमा सीमित चेल्सी एस्टन भिल्लासँग २–१ गोलले पराजित भए पनि शीर्ष चारमा रहँदै आगामी सिजनको च्याम्पियन्स लिगमा छनोट भएको हो ।

घरेलु मैदानमा खेलको ४३ औँ मिनेटमा बेट्र्रान्ड ट्राओरेले गोल गर्दै एस्टनलाई १–० को अग्रता दिलाएका थिए । ५२ औँ मिनेटमा अनवर एल घाजीले पेनाल्टीमा गोल गर्दै एस्टनलाई २–० को अग्रता दिलाए ।

खेलको ७० औँ मिनेटमा बेन चिलविलले एक गोल फर्काए पनि चेल्सी २–१ ले पराजित भयो ।

खेल सकिन एक मिनेट बाँकी रहँदा सिजरले रातो कार्ड पाएपछि चेल्सी १० खेलाडीमा समेटिएको थियो ।

हार बेहोर्दै चेल्सीले ३८ खेलमा ६७ अङ्क जोड्दै शीर्ष चारभित्र रहेर जारी सिजन अन्त्य गरेको छ । ५५ अङ्क जोडेको एस्टन ११ औँ स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :