युभेन्ट्सले बोलोग्नालाई ४–१ ले हरायो

युभेन्ट्सले बोलोग्नालाई ४–१ ले हरायो

काठमाडौँ : साबिक विजेता युभेन्ट्स इटालियन सिरी ‘ए’ फुटबलमा अन्तिम खेलमा फराकिलो जित निकाल्दै आगामी वर्षको च्याम्पियन्स लिगका लागि छनोट भएको छ ।

आफ्ना मुख्य खेलाडी क्रिस्टियानो रोनाल्डोलाई आराम दिएर लिगको अन्तिम खेलमा मैदानमा उत्रिएको युभेन्ट्सले बोलोग्नालाई ४–१ ले हराएपछि युभेन्ट्सले अर्को सिजनको च्याम्पियन्स लिगमा स्थान पक्का गरेको हो ।

अर्को खेलमा नेपोली भेरोनासँग बराबरी खेलेपछि अन्तिम चरणमा सिरी ए को शीर्ष चारमा रहने टिमको समीकरण पनि परिवर्तन भएको हो । लिगमा एसी मिलान दोस्रो स्थानमा रहन सफल भयो ।

युभेन्ट्सको जितमा अल्भारो मोराटाले दुई गोल र फेडेरिको किएजा र राबिओटले एक–एक गोल गरेका थिए । बोलोग्नाका लागि रिकार्डोले एक गोल फर्काए ।

जितसँगै युभेन्ट्सले यो सिजनको सिरी ए फुटबल ७८ अङ्कसहित तेस्रो स्थानमा रहेर टुंङ्याएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :