अमेरिकाको ओहायोमा गोली चल्यो, तीनजनाको मृत्यु

अमेरिकाको ओहायोमा गोली चल्यो, तीनजनाको मृत्यु

वासिङ्टन (एएनआई) : अमेरिकाको ओहायोको योङ्सटाउनमा गोली चल्दा तीन व्यक्तिको मृत्यु भएको छ । पाँचजना घाइते भएका छन् । घाइतेहरुलाई सेन्ट एलिजाबेथ योङ्सटाउन अस्पतालमा लगिएको छ ।

अमेरिकी समाचार संस्था सीएनएनले योङ्सटाउन प्रहरी विभागको लेफ्टिनेन्ट रदरफोर्डको भनाइ उद्धृत गर्दै भनेको छ, ‘आइतबार बिहान २ बजे एउटा बारमा गोली चलेको खबरपछि स्थानीय समयअनुसार बिहान २ बजे प्रहरीलाई योङ्सटाउनको टर्च क्लब बारमा बोलाइएको थियो ।’
सीएनएनका अनुसार सम्भावित संदिग्ध व्यक्तिहरू वा गोली चल्नुको कारणबारे प्रहरीले अन्य कुनै विवरण उपलब्ध गराएको छैन । घटनास्थललाई प्रहरीले घेरेको समाचारमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :