नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख नाघ्यो , एकैदिन १२९ जनाको मृत्यु

नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख नाघ्यो , एकैदिन १२९ जनाको मृत्यु

काठमाडौँ : नेपालमा पछिल्लो २४ घण्टामा ८ हजार ८४८ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको पीसीआर र एन्टिजेन परीक्षणमा ८ हजार ८४८ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ५ लाख ५ हजार ६४३ पुगेको छ । जसमध्ये सक्रिय संक्रमितको संख्या १ लाख १५ हजार ८०६ पुगेको छ ।

यसैबीच नेपालमा पछिल्लो २४ घन्टामा थप १२९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाले ज्यान गुमाउनेको संख्या ६ हजार १५३ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :