लमजुङमा ५.८ म्याग्निच्युडको भूकम्प, वृद्धा घाइते

लमजुङमा ५.८ म्याग्निच्युडको भूकम्प, वृद्धा घाइते

लमजुङ : लमजुङ केन्द्र भएर आज बिहान भूकम्प गएको छ । लमजुङको भुलभुले, बाँझाखेतआसपास केन्द्र रहेर बुधबार बिहान ५ बजेर ४२ मिनेटमा ५.८ म्याग्निच्युडको भूकम्प गएको जानकारी राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले दिएको छ । भूकम्पको धक्का चितवन, गोरखा, तनहुँ, धादिङ, काठमाडौं, कास्कीलगायत जिल्लाका बासिन्दाले महसुस गरेका थिए ।

लमजुङका प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुइँटेलका अनुसार भूकम्पले घरको गारो भत्किएर एकजना वृद्धा घाइते भएको जानकारी आएको छ । भुलभुलेकी ८५ वर्षीया घाइते भएकी हुन् । उनलाई उपचारका लागि स्थानीय स्वास्थ्य चौकी लगिएको छ । सबै विवरण आइसकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :