नेपालमा ९ हजार २४७ संक्रमित थपिए, एकैदिन २१४ जनाको मृत्यु

नेपालमा ९ हजार २४७ संक्रमित थपिए, एकैदिन २१४ जनाको मृत्यु

काठमाडौँ : नेपालमा पछिल्लो २४ घण्टामा ९ हजार २४७ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा २१ हजार ६५३ पीसीआर परीक्षणमा ९ हजार १९८ जना र ४३४ एन्टिजेन परीक्षणमा ४९ जना गरी ९ हजार २४७ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ४ लाख ६४ हजार २१८ पुगेको छ । जसमध्ये सक्रिय संक्रमितको संख्या एक लाख १३ हजार ४८० पुगेको छ ।

यसैबीच नेपालमा पछिल्लो २४ घन्टामा थप २१४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २१४ जना कोरोना संक्रमितको मृत्यु भएको जानकारी दिएका हुन् । योसँगै कोरोनाले ज्यान गुमाउनेको संख्या ५ हजार २१५पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :