रुकुम पश्चिम जिल्ला अस्पतालका बिरामी र कुरुवासँग चर्को रकम असुल्दै क्यान्टिन व्यवस्थापन

सादा खानाको ३००, पानी तताएको ५०, एक प्लेट चना र अन्डाको ९० रुपैयाँ असुलियो : नरेन्द्र विक

रुकुम पश्चिम जिल्ला अस्पतालका बिरामी र कुरुवासँग चर्को रकम असुल्दै क्यान्टिन व्यवस्थापन

रुकुम पश्चिम : कोरोना भाइरस सङ्कट व्यवस्थापनमा खटिएको नेकपा रुकुम पश्चिमले जिल्ला अस्पतालस्थित क्यान्टिनले बिरामी र कुरुवाहरूसँग ढाडै भाँचिने गरी रकम असुलिरहेको सार्वजनिक गरेको छ । जिल्ला जवस फ्याक्सन इन्चार्ज नरेन्द्र विकको नेतृत्वमा खटिएको टोलीले क्यान्टिनलाई सहज र सरल मूल्यमा सेवा दिन आग्रह गरेको छ । टोली सङ्क्रमितका लागि अक्सिजन ओसारपसार, आइसोलेसन बेड निर्माण, शव व्यवस्थापनमा सहकार्यलगायत काममा खटेको छ ।

विकले जिल्ला अस्पताल सल्लेमा कोरोना सङ्क्रमित बिरामीलाई क्यान्टिनको व्यवस्थापन राम्रो नभएको, सङ्क्रमित बिरामीबाट खाना–नास्ताको महँगो मूल्य लिएको भन्दै क्यान्टिनलाई विषम परिस्थितिमा बिरामीका आफन्तबाट चर्को मूल्य नअसुल्न, समयसापेक्ष वैज्ञानिक मूल्य लिन र जनस्वास्थ्यका मापदण्ड पालन गर्दै अस्पतालवरिपरिका बन्द रहेका होटेल तत्काल खोल्न आह्वान गरेका छन् ।

अहिले क्यान्टिनले सादा खाना ३०० रुपैयाँ, पानी तताएको ५० रुपैयाँ, एक प्लेट चना र एउटा अन्डाको ९० रुपैयाँ लिँदै आएको र दिनमा ४५ जना बिरामी र कुरुवासमेत १०० जनाले खाना खाइरहेको उनले बताए ।

आफूहरूले कुनै स्थान उपलब्ध गराइदिएमा बिरामीलाई खाना, खाजा, आवश्यक मात्रामा तातोपानी निःशुल्क व्यवस्थापन गर्छौं भनी माग गर्दा राज्यका निकायले कारण–उपकारण देखाउँदै रोक्न खोजेको पनि उनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :